२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

कुरानको अपमान गरेको भन्दै पाकिस्तानमा एक जनाको निर्मम हत्या

spot_img

एजेन्सी ।  पाकिस्तानमा इस्लाम धार्मिक ग्रन्थ कुरानको अपमान गरेको भन्दै एक जनाको निर्मम हत्या गरिएको छ। डन समाचार पत्रका अनुसार पाकिस्तानको पन्जाब प्रान्तको खानेवाल जिल्लाको विकट गाउँमा शनिबार एक पुरूषको हत्या भएको हो।

समाचारमा उल्लेख भएअनुसार ती पुरूषले सुरूमा कुरानका केही पाना च्यातेको र पछि तिनलाई जलाएको आरोपमा स्थानीयले उनलाई रूखमा बाँधेर ढुंगाले हानी-हानी मारेका हुन्।

प्रत्यक्षदर्शीका अनुसार आरोपीलाई गाउँलेहरूले मार्नुभन्दा पहिला प्रहरी टोली पुगेको थियो तर गाउँलेले उनलाई प्रहरीबाट थुतेर लगेका थिए।
पन्जाबका मुख्यमन्त्री उस्मान बज्दारले घटनाबारे प्रहरी उच्च अधिकारीसँग रिपोर्ट मागेका छन्।

पाकिस्तानमा ईशनिन्दा र कुरानको अपमान गरेको आरोपमा मानिसको हत्या हुने घटना भइरहन्छन्।

गत डिसेम्बरमा पन्जाबकै सियालकोटमा एक जना श्रीलंकन इन्जिनियरको हत्या गरिएको थियो। उनी काम गर्ने फ्याक्ट्रीका मानिसहरूले नै उनीमाथि ईशनिन्दाको आरोप लगाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

अमेरिकाले सीमा नाघ्यो, जबाफ दिन्छौंः इरान

0

मुस्लिमलाई निशाना बनाउदै भारतीय सुरक्षा फौज

0

साउदी अरबले हजमा १० लाखलाई सहभागी हुन अनुमति दिने

0

केन्द्रीय युवा प्रचार नेटवर्कको सदस्यमा भण्डारी मनोनित

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै