८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

जाल्पा सामुदायिक लघुवित्तको आइपिओ बाँडफाँट

spot_img

काठमाडौं ।  जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँट भएको हो ।
बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २७ लाख नौ हजार ८५५ जनाले तीन करोड ३१ लाख ४७ हजार १५० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये एक लाख २२ हजार ४४३ जनाको आवेदन रद्द भएको र बाँकी २५ लाख ८७ हजार ४१२ योग्य आवेदकमध्ये ४८ हजार ७९० आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ ।

लघुवित्तले गत माघ २१ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याई जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् आठ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने चार लाख ८७ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । बाँटफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट(मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

नेप्से ३२ अंकले घट्यो

0

मर्यादा मिलाउन तलब वृद्धि

0

मौद्रिक निति: गन्तव्य र चुनौति विषयक अन्तरक्रिया

0

हिमालयन हाइड्रोपावरको आईपीओ बैशाख २५ देखि

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै