२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाअभियोगको एमालेले प्रतिवाद गर्ने

spot_img

काठमाडौं– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोगको प्रतिवाद गर्ने निर्णय गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोट, भक्तपुरमा बसेको बैठकले महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

बैठकले महाअभियोग दर्ता गर्ने कदमको प्रतिवाद गर्न आवश्यक कदम चाल्न पार्टीको संसदीय दललाई निर्देशन दिएको पनि महासचिव पोखरेलले जानकारी दिए।

बैठकले प्रधानन्यायाधीश राणाविरुद्ध एकाएक आएको महाअभियोग अनुचित र षड्यन्त्रपूर्ण कार्य भएको ठहर गरेको पनि उनले बताए।

‘भोली (सोमबार) ११ वजे बस्ने संसदीय दलले संसदीय प्रक्रियाबाट सत्तारुढ दलले गरेको कार्यको प्रतिवाद हुन्छ,’ उनले भने, ‘यो निर्णय अनुचित र लोकतन्त्रका लागि खतरा देखिएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

रास्वपा र राप्रपाले गरे मन्त्रीहरूको जवाफको बहिष्कार

0

देउवालाई भेटेर शेखरले भने- तपाईंसँग अब कुरा गर्दिनँ, जे गर्नुछ गर्नुस्

0

एमाले गठबन्धन बलियो बनाउन लागि परेकाे छ : पाेलिटव्युराे सदस्य थापा

0

महावीर पुनको भेटपछि प्रधानमन्त्रीले भने- विज्ञान र प्रविधिमा लगानी नगरि नेपालको...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै