३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै

spot_img

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै छ। सभामुखले आज (सोमबार) दिउँसो २ बजे संसद् सचिवालयमा बस्ने गरी बैठक बोलाएको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको न्यौपानेको भनाइ छ। ‘समसायिक विषयमा छलफल गर्न सभामुखज्यूले बैठक बोलाउनुभएको हो,’ न्यौपानेले भने।

आइतबार सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग दर्ता गरेका छन्।

अर्कोतिर, गत भदौदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध गर्दै आएको छ। एमसीसीसँगको सम्झौतालाई सदनबाट अनुमोदन गर्ने विषयमा पनि दलहरु विभाजित छन्। यस्तो बेलामा सभामुखले बोलाएको सर्वदलीय बैठकलाई अर्थपूर्ण ढंगले हेरिएको छ।

सभामुख सापकोटाले यसअघि बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले उपस्थिति भएको थिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

रास्वपा र राप्रपाले गरे मन्त्रीहरूको जवाफको बहिष्कार

0

देउवालाई भेटेर शेखरले भने- तपाईंसँग अब कुरा गर्दिनँ, जे गर्नुछ गर्नुस्

0

एमाले गठबन्धन बलियो बनाउन लागि परेकाे छ : पाेलिटव्युराे सदस्य थापा

0

महावीर पुनको भेटपछि प्रधानमन्त्रीले भने- विज्ञान र प्रविधिमा लगानी नगरि नेपालको...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै