२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

टी-२० सिरिजमा आयरल्यान्डसँग खेल्दै नेपाल

spot_img

काठमाडौं ।  चार देश सम्मिलित टी-२० सिरिजको आफ्नो तेस्रो खेलमा आज नेपालले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको मस्कटस्थित अमेरत मैदानमा हुने खेल दिउँसो ३:४५ मा सुरू हुनेछ।

सिरिजमा पहिलो खेलमा नेपालले घरेलु टिम ओमानलाई ६ विकेटले पराजित गरेको थियो। सो खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरेका थिए।

दोस्रो खेलमा भने नेपाल पराजित भएको थियो। नेपाललाई युएईले २५ रनले पराजित गरेको थियो।

लगातार दुई खेलमा जित निकालेको युएई सिरिजको उपाधि नजिक छ। उसले आजै ओमानसँग खेल्दैछ।

आयरल्यान्ड भने खेलेका दुई मध्ये एक खेलमा जित हात पार्दा एक खेलमा पराजित भएको थियो। आयरल्यान्डले पहिलो खेलमा ओमानलाई हराउँदा आइतबार भएको दोस्रो खेलमा युएईसँग पराजित भएको थियो।

टी-२० मा नेपाल र आयरल्यान्डबीच अहिलेसम्म दुई पटक प्रतिस्पर्धा भएको छ। दुवै खेलमा आयरल्यान्ड विजयी भएको छ। आयरल्यान्डले नेपाललाई सन् २०१९ मा १३ रन र २०१५ मा ८ विकेटले पराजित गरेको थियो।

नेपालले आइसिसी टी-२० विश्वकपको छनोटको तयारीस्वरूप टी-२० सिरिज खेलेको हो।

नेपालले फागुन ६ गतेदेखि ओमानमै हुने छनोटमा प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

दीपेन्द्र बने नेपालका लागि सर्वाधिक टी २० आई खेल्ने खेलाडी

0

क्रीयाबसेका काङ्ग्रेस केन्द्रिय सदस्य चन्द्र भण्डारिसङ भेट्यो तरुण अध्यक्ष गुरुङको टोलि

0

नेविसंघ बुटवल बहुमुखी क्याम्पस द्वारा आयोजित सुपर सिक्स क्रीकेट सम्पन्न

0

एन्फाको विशेष साधारण सभा आज, अध्यक्षको बर्खास्ती मुख्य एजेन्डा

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै