३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

प्रधानमन्त्रीले सभामुखलाई भने- एमालेले विरोध गरोस्, संसद् चलाउनुस्

spot_img

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विधेयकहरु अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका छन्।

सोमबार सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले संसद् प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को बन्धक रहिरहन नसक्ने बताउँदै विधेयकहरु अघि बढाउन आग्रह गरेका हुन्।

एमाले सहमतिमा नआएपनि विधेयक अगाडि बढाउन प्रधानमन्त्री देउवाले आग्रह गरेको बैठकमा सहभागी एक नेताले बताए। सत्ताघटक दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि विधेयक धेरै समयदेखि रोकिएकाले पारित गर्ने दिशामा लाग्न सभामुख सपकोटालाई सुझाव दिएको ती नेताले जानकारी दिए।

यता, सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सकेसम्म सहमतिमा संसद् सुचारु गर्न सभामुख सापकोटालाई सुझाव दिएका थिए। लामो समयसम्म एमालेले संसद्मा अवरोध सिर्जना गर्दा चार दर्जन विधेयक अड्किएका छन्।

संसद्को गतिरोध र अमेरिकी परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पेश गर्ने सन्दर्भमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए। तर, उक्त बैठक एमालेले बहिष्कार गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

रास्वपा र राप्रपाले गरे मन्त्रीहरूको जवाफको बहिष्कार

0

देउवालाई भेटेर शेखरले भने- तपाईंसँग अब कुरा गर्दिनँ, जे गर्नुछ गर्नुस्

0

एमाले गठबन्धन बलियो बनाउन लागि परेकाे छ : पाेलिटव्युराे सदस्य थापा

0

महावीर पुनको भेटपछि प्रधानमन्त्रीले भने- विज्ञान र प्रविधिमा लगानी नगरि नेपालको...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै