३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

पाल्पामा जीप दुर्घटना हुँदा सात जना घाइते

spot_img

काठमाडौं । पाल्लामा सोमबार अपराह्न जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

प्रहरीका अनुसार तिनाउ गाउँपालिका-२ जलथरीस्थित कच्ची सडकमा जीप दुर्घटना भएको हो।घाइते हुनेमा तिनाउ गाउँपालिका-२ की ३१ वर्षीया सीता सोमई, २८ वर्षीया सीमा पल्ली, ४५ वर्षीया लीला सोमई, ५२ वर्षीया समकली लुइँटेल, २६ वर्षीया गीता बगाले, ४४ वर्षीया निर्मला चिदी र ३३ वर्षीया गीता गाहा छन्।

दोभानबाट माराबासतर्फ जाँदै गरेको लु१ज १३८२ नम्बरको जीप सडकबाट पाँच मिटर तल खसेको थियो।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।

उनका अनुसार जीप बाटोको घुम्ती मोडमा आफैं ब्याक हुन गएर दुर्घटनामा परेको थियो। जीपमा सवार १० मध्ये सात जना घाइते रहेको र अन्य सकुसल रहेको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

प्याब्सन अर्घाखाँचीद्धारा सरकारको ध्यानाकर्षण

0

अन्तिम चौमासिक अवधिको सार्वजनिक सुनुवाई सम्पन्न

0

भीरबाट लडेर गुल्मीमा एक महिलाको मृत्यु

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै