२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

युवती आत्महत्या प्रकरणमा होटल संचालक पक्राउ

spot_img

बुटवल । रुपन्देहीको सियारी गाउपालिका वडा नम्बर ५ छपियामा रहेको लुम्बिनी प्यालेस रिसाेर्टका सन्चालक अर्जुन भुसाल प्रहरीले नियन्त्रणमा परेका छन् । आफ्नै रिसाेर्टमा काम गर्दै आएकी एक युवतीको आत्महत्या प्रकरणमा काठमाडौ प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंकाे बुद्धनगर स्थित एक घरमा भाडामा बस्दै आएकी रविना ढकाल आईतवार बिहान झुन्डिएको अवस्था फेला परेपछि अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएकाे थियोे। करीव ४ वर्षदेखि भुसालकाे लुम्बिनी पिस प्यालेस रिसाेर्ट अन्तरगतकाे कृषि फर्ममा काम गर्दै आएकी रविनालाई २ वर्षअघिबाट बानेश्वरकाे बुद्ध नगरमा रहेको उक्त घरमा राखेको बुझिएकाे छ। गुल्मी घर भएकी ढकाल कृषि प्राविधिक हुन।

काठमण्डौं प्रहरी प्रमुख प्रहरी बरिस्ठ उपरीक्षक सुदिप गिरीले अनुसन्धानका लागि नियन्त्रणमा लिईएकाे र थप कुरा अनुसन्धान पछि मात्रै भन्न मिल्ने बताए। मृतक युवतीका आफन्तले रविनालाई भुसालले हत्या गरेको भन्दै किटानी जाहेरी दर्ता गरेपछि अदालतबाट अनुमति लिएर प्रहरी नियन्त्रणमा राखिएको प्रहरीले बताएको छ।

प्रहरी श्राेतका अनुसार भुसालले ति युवतीसंग केहि बर्ष यता लिभिङ टुगेदरमा रहेको र आफुलेनै काेठा लिएर राखेको बयान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै