२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

कार्यव्यवस्था परामर्श समितिको बैठक एमालेद्वारा बहिष्कार, संसद अवरोध कायमै राख्ने

spot_img

काठमाडौं । नेकपा एमालेले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्ने भएको छ।

बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठक पनि अवरोध गर्ने नेकपा एमालेले जनाएको छ।यस्तै बैठकको कार्यसूचीबारे छलफल गर्न सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत एमालेले बहिष्कार गर्ने भएको छ।

एमाले सांसद एवं कार्यव्यवस्था समितिका सदस्य कृष्णभक्त पोखरेलले सभामुखविरूद्ध नै एमाले आन्दोलित भइरहेको बेला उनैले बोलाएको कार्यव्यवस्थाको बैठकमा आफ्नो पार्टी सहभागी नहुने बताए।

हामी सभामुख विरूद्धनै आन्दोलित छौं, यस्तो अवस्थामा हामीले उहाँले नै बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नजाने निर्णय गरेका छौ,’ उनले भने।

पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुख सापकोटाले सांसद पदबाट हटाएको सूचना टाँस नगरेपछि एमाले रूष्ट छ।

भदौदेखि उसले निरन्तर संसद् बैठकमा अवरोध गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

रास्वपा र राप्रपाले गरे मन्त्रीहरूको जवाफको बहिष्कार

0

देउवालाई भेटेर शेखरले भने- तपाईंसँग अब कुरा गर्दिनँ, जे गर्नुछ गर्नुस्

0

एमाले गठबन्धन बलियो बनाउन लागि परेकाे छ : पाेलिटव्युराे सदस्य थापा

0

महावीर पुनको भेटपछि प्रधानमन्त्रीले भने- विज्ञान र प्रविधिमा लगानी नगरि नेपालको...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै