२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

एमसिसी आज टेबल नहुने , भोलि गठबन्धनको बैठक बस्ने

spot_img

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भएको छलफल सकिएको छ।

आज आज एमसिसी संसदमा टेबल नगर्नेमा दुई नेताहरू सहमत भएको बालुवाटार स्रोतले बतायो।

प्रचण्डले एमसिसी टेबल गरे सत्ताबाट बाहिरिने पार्टीको निर्णय सुनाउँदै अमेरिकासँग थप कुरा गर्नुपर्ने धारणा प्रधानमन्त्रीसँग राखेको स्रोतले जानकारी दियो।

एमालेले पनि एमसिसीका विपक्षमा जानेजस्तो मुड बनाएकाले अमेरिकासँग कुरा गरेर चुनाव पछाडिमात्रै एमसिसी पास गर्नुपर्ने बारे उनले धारणा राखेका थिए।

प्रचण्डको कुरा सुनेपछि प्रधानमन्त्री देउवा आजको संसद बैठकमा एमसिसी टेबल नगर्न सहमत भएका हुन्।

एमसिसीबारे थप छलफल गर्न बिहीबार सत्ता गठबन्धनको बैठक बस्दैछ।  प्रचण्डका प्रेस संयोजक सूर्यकिरण पौडेलका अनुसार बैठक बिहीबार दिउँसो ३ बजे बस्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

रास्वपा र राप्रपाले गरे मन्त्रीहरूको जवाफको बहिष्कार

0

देउवालाई भेटेर शेखरले भने- तपाईंसँग अब कुरा गर्दिनँ, जे गर्नुछ गर्नुस्

0

एमाले गठबन्धन बलियो बनाउन लागि परेकाे छ : पाेलिटव्युराे सदस्य थापा

0

महावीर पुनको भेटपछि प्रधानमन्त्रीले भने- विज्ञान र प्रविधिमा लगानी नगरि नेपालको...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै