३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

प्राङ्कस्टर आकाश सेडाई पक्राउ

spot_img

काठमाडौं ।  सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करी (प्राङ्क)को नाममा सर्वसाधारणको भिडिओ बनाउँदै हिँडेको आरोपमा प्रहरीले एक जना युट्युबरलाई पक्राउ गरेको छ।

‘नेपाली प्राङ्कस्टर्स’नाम युट्युब च्यानल सञ्चालन गर्ने झापा विर्तामोड नगरपालिका-४ का २७ वर्षीय आकाश सेडाईलाई प्रहरीले पक्राउ गरेको हो।

भक्तपुर कौशलटार बस्दै आएका सेडाईलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर गरेको आरोपमा मंगलबार पक्राउ गरिएको साइबर ब्युरो भोटाहिटीले जनाएको छ।

उनले प्राङ्कको नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरान पार्ने र दिग्दारी दिनेजस्ता क्रियाकलाप गरी त्यस्तो भिडिओ युट्युब च्यानलमा राख्ने गरेको पाइएको साइबर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले बताए।

प्राङ्कको नाममा सर्वसाधारणलाई दु:ख दिने गरिएको गुनासो आएपछि केही समयअघि गृह मन्त्रालयले त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै