३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

आज पनि बालुवाटारमा देउवा-प्रचण्डबीच छलफल, गठबन्धन बैठक ५ बजे

spot_img

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबार पनि छलफल भएको छ।

प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बिहीबार बिहानै बालुवाटार पुगेका थिए। बालुवाटारमा उनीहरूबीच आधा घन्टा जति छलफल भएको स्रोतले बतायो।

दुई नेताको छलफलपछि दिउँसो तीन बजेका लागि डाकिएको सत्तारूढ गठबन्धनको बैठक पाँच बजेलाई सारिएको छ।

प्रधानमन्त्री देउवा प्रेस प्रमुख गोविन्द परियारका अनुसार तीन बजे मन्त्रिपरिषद् बैठक बस्ने भएकाले बैठक पाँच बजेलाई सारिएको हो।

यसअघि बुधबार पनि देउवा र प्रचण्डबीच बालुवाटारमा एक्लाएक्लै छलफल भएको थियो।

हिजोको भेटमा प्रचण्डले पार्टीभित्र चर्को दबाब परेकाले अहिले अमेरिकी सहयोग परियोजना (एमसिसी) पास गर्न नसकिने बताएका थिए।

गत शनिबार देउवा, प्रचण्ड र माधवकुमार नेपालबीच एमसिसी संसदबाट पारित गर्ने र गठबन्धन जोगाउने सहमति भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै