२४ मंसिर २०८२, बुधबार
spot_img
२४ मंसिर २०८२, बुधबार
spot_img

राप्रपामा मिसिए ज्ञानेन्द्र शाही र उनको अभियान

spot_img

काठमाडौं । नेपालका लागि नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन्। उनीसँगै उनको अभियान पनि राप्रपामा मिसिएको हो।

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमबीच शाहीसहित उनको अभियान राप्रपामा समाहित भएको हो।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कार्यालयमा फूलमाला लगाएर शाहीलाई स्वागत गरेका थिए।

समान विचार तथा सिद्धान्त बोकेर हिँडेका शक्तिहरूलाई एक ठाउँमा ल्याउने पार्टीको अभियानका क्रममा शाहीसहित उनको अभियानलाई प्रवेश गराइएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।

अध्यक्ष लिङ्देनले आफू निर्वाचितपछि राप्रपाको पहिलो बैठकबाट समान विचार र सिद्धान्त बोकेका शक्तिसँग एकता अभियान चलाउने निर्णय गरेका थिए।

महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा समिति बनेको थियो। त्यो समितिले केही दिनअघि शाहीको अभियानसँग वार्ता गरी एकता प्रस्ताव गरेको थियो।

पार्टी पदाधिकारी बैठकले प्रस्ताव अनुमोदन गरेसँगै शाही र उनको अभियान राप्रपामा मिसिएको हो।

‘समान विचार र सिद्धान्त भएको पार्टीमा आएको छु, सुशासनका लागि यही पार्टीबाट अभियान चलाउँछु,’ शाहीले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै