२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

सुपा देउराली मन्दिर संरक्षण समितिको ११ औं साधारण सभा सम्पन्न , नयाँ कार्यसमिति चयन

spot_img

सन्धिखर्क । अर्घाखाँची जिल्लाकै प्रख्यात एवं समस्त हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र भनेर चिनिने सुपा देउराली मन्दिर संरक्षण समितिको ११ औं साधारण सभा आज सम्पन्न भएको छ।

आज सम्पन्न साधारण सभाले सुपा देउराली मन्दिरको व्यवस्थापन र संचालनका लागि १३ सदस्यीय नयाँ कार्य समिति र विभिन्न क्षेत्रलाई समेट्ने गरि आर्थिक उप समिति समेत गठन गरेको छ। फर्सबहादुर के.सी. को अध्यक्षतामा गठित मन्दिर संरक्षण समितिको उपाध्यक्षमा राजु गुरुङ,सचिबमा हरिलाल खनाल,सह सचिवमा कमल के.सी. र कोषाध्यक्षमा कृष्णलाल क्षेत्रीलाई चयन गरिएको छ।

त्यसैगरी आर्थिक गतिविधिलाई थप पारदर्शी एवं विश्वसनीय बनाउने उद्देश्यले मन्दिर आसपासका सितापुर,खाँचिकोट क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी आर्थिक व्यवस्थापन उपसमिति समेत गठन गरिएको जानकारी नवनिर्मित समितिले गराएको छ।

पुरानो विधानलाइ समयानुकूल परिमार्जन गर्दै नयाँ विधान निर्माणका लागि डिल्लीराम थापाको संयोजकत्वमा गठित बिधान संसोधन समितिले नयाँ विधान तयार गरेको थियो। जस अनुसारको नयाँ कार्यसमितिले मन्दिरलाई अझ व्यवस्थित गर्ने सवालमा नव निर्मित समिति सशक्त ढंगले लाग्नुपर्नेमा उपस्थित सरोकारवालाहरुको भनाइ रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (88%)
  • दुःखी (13%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै