२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

निर्वाचनमा केन्द्रित हुन कांग्रेस प्रवक्ता महतको आग्रह

spot_img

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई आह्वान गरेका छन् ।

नेपाली कांग्रेस नुवाकोटको प्रतिनिसभा क्षेत्र नं १ को क्षेत्रीय कार्यालय र क्षेत्र नं १ को प्रदेश (ख)को प्रदेश कार्यालयको शनिबार छहरे बजारमा संयुक्तरूपमा उद्घाटन गर्दै प्रवक्ता महतले पार्टी अधिवेशनका क्रममा देखिएका तिक्तता बिर्सिएर आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउनतर्फ लाग्न निर्देशन दिएका छन् ।
‘पार्टीमा हालै सम्पन्न भएका आन्तरिक प्रतिस्पर्धाका रूपमा आसन्न निर्वाचनलाई लिनुहुन्न’, उनले भने, ‘पार्टीको निर्माण निर्वाचन जितेर सत्तामा पुग्नु भएकाले आम निर्वाचनमा खुट्टा कमायौं भने क्लबजस्तो मात्रै हुन्छौं, जनताको सेवाका लागि सत्तामा पुग्न आसन्न निर्वाचनमा जीत प्राप्त गर्नतर्फ लाग्नुपर्छ ।’

वडा तहदेखि नै संगठन बलियो बनायो भने पार्टीको संरचना पालिका हुँदै जिल्लासम्म बलियो बनाउन सकिनेतर्फ स्मरण गर्न कार्यकर्ताको ध्यनाकर्षण गराए । आसन्न स्थानीय तहको निर्वाचनमा जुन पार्टी बलियो हुन्छ, सोही पार्टीले त्यसपछिका निर्वाचन आफ्नो पक्षमा बनाउने हुँदा वडादेखि नै चुनावी माहोल आफ्नो पक्षमा बनाउनतर्फ लाग्न प्रवक्ता महतले आग्रह गरे ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा र रामहरि खतिवडाले कांग्रेसको संगठन बलियो भए पनि पार्टीभित्रको आन्तरिक समस्या समाधान गरेर अघि बढ्न पार्टीले गम्भीररूपमा लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै