२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

अमेरिकाले नेपालसँग धम्की कुटनीति सुरू गरेको छ, हामी प्रतिरोध गर्छौं : चीन

spot_img

बेइजिङ — चीनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न अमेरिकाले नेपालसामु दबाब दिइरहेको आरोप लगाएको छ। शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरी चीनको परराष्ट्र मन्त्रालयले एमसीसीमार्फत् अमेरिकाले ‘धम्की कुटनीति’ सुरू गरेको आरोप लगाउँदै आफूले प्रतिरोध गर्ने चेतावनी दिएको छ।

चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले भने, ‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ‘धम्की कुटनीति’ सुरू गरेको छ। यसको चीनले प्रतिरोध गर्नेछ।’
पत्रकार सम्मेलनमा एकजना पत्रकारले अमेरिकी परराष्ट्र प्रवक्ताले फेब्रुअरी २८ तारिख भित्रमा एमसीसी पारित गर्न वा पुनर्विचार गर्न, नत्र भने नेपाल-अमेरिका सम्बन्ध प्रभावित हुनसक्ने भनेर दिएको चेतावनीबारे चीनको धारणा माग गरेपछि चीनको परराष्ट्र मन्त्रालयले यस्तो टिप्पणी गरेको हो।

हाल नेपालका विभिन्न राजनैतिक दलहरूबीच एमसीसी कार्यक्रमबारे मतैक्यता हुन नसकेका कारण आन्दोलन पनि चर्किरहेको छ। नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्नसक्ने पनि चीनले भनेको छ।

परराष्ट्र प्रवक्ता वाङले नेपालको छिमेकी मुलुक र विकास साझेदार मुलुक भएको नाताले नेपाली जनताले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने बताए। उनले नेपालले राष्ट्र तथा जनताको हितका लागि सही छनोट गर्नमा पनि चीनको समर्थन रहने प्रतिक्रिया दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै