२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

तनावग्रस्त बानेश्वर, प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहरा

spot_img

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल हुने भएपछि बानेश्वर तनावपूर्ण बनेको छ।

प्रतिनिधि सभाको बैठकमा सरकारले एमसिसी टेबल गर्ने भएपछि त्यसैको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहराले हानेको हो।

अहिले प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।

अहिले सशस्त्र प्रहरी पनि बानेश्वरमा खटिएको छ।

प्रहरीले सशस्त्र प्रहरीको एउटा गरी तीन वटा पानीको फोहरा हान्ने गाडीको प्रयोग गरेको छ। पानीको फोहरा हानेर प्रहरीले भीडलाई तितरवितर गर्ने प्रयास गर्दैछ।

यस्तै, प्रदर्शनकारीहरूले पनि प्रहरीमाथि ढुंगा हानेका छन्। त्यहाँबाट प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। यद्यपि नियन्त्रणमा लिएकाहरूको संख्या भने प्रहरीले सार्वजनिक गरिसकेको छैन।

आइतबार बिहान बसेको गठबन्धनको बैठकले प्रतिनिधि सभामा एमसिसी टेबल गर्ने निर्णय गरेको थियो।

प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरूद्ध जारी राख्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै