२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

एमसिसिमा गठबन्धन देखी साथ नपाए पछि देउवाले मागे ओलीको साथ

spot_img

काठमाडौ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षी एमाले अध्यक्षसहितका नेतासँग बालुवाटारमा छलफल गरेका छन्।

प्रतिनिधिसभामा टेबल भएको एमसिसीको विषयमा कुराकानी गर्न प्रधानमन्त्री देउवाले विपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओलीलाई मंगलबार साँझ बालुवाटारमा बोलाएका थिए।

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रमुख विपक्षी दल नेकपा एमाले अध्यक्षसहित नेताहरूको बैठक सकिएको छ।

एमाले उपाध्यक्ष विष्णु पौडेलका अनुसार छलफलमा प्रधानमन्त्री देउवाले एमसिसी पास गर्न सहयोग मागेका छन्।

‘एमसिसी पारित गर्न सघाउनुस् तपाईंहरूले नै हो पेश गरेको, सरकार निरन्तर उत्तराधिकारी संस्था हो भनेर प्रधानमन्त्रीले भन्नुभयो,’ देउवालाई उद्धृत गर्दै एमाले उपाध्यक्ष पौडेलले भने।

जवाफमा एमाले अध्यक्ष ओलीले भनेको कुरा उद्धृत गर्दै पौडेलले भने, ‘हामीलाई संसदमा उपस्थित हुने वातावरण बनाउनुस्।’

प्रधानमन्त्री देउवासँगको छलफलमा ओलीले एमालेले कारबाही गरेका १४ सांसदको सूचना टाँस्नुपर्ने र त्यस्तो नगरे सभामुखले मार्ग प्रशस्त गर्नुपर्ने पुरानै अडान दोहोर्‍याएको पौडेलले बताए।

जवाफमा प्रधानमन्त्री देउवाले पहिला एमसिसी पारित गर्न र सांसदको सूचना टाँस गर्ने कुरा दोस्रो प्राथमिकता रहेको बताएको पौडेलले जानकारी दिए।

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओली मंगलबार साँझ देउवालाई भेट्न बालुवाटार पुगेका थिए।

ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडल र उपमहासचिव विष्णु रिमाल बालुवाटार पुगेका थिए।

सत्तारूण गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसिसी पास गर्न सहमति नदिने भएपछि प्रधानमन्त्री देउवाले प्रतिपक्षी एमालेसँग संवाद बढाएका छन्।

भेटबारे एमाले नेता विष्णु रिमालले भने प्रधानमन्त्री देउवासँग ओलीले भेटघाटको कर्मकाण्ड मात्रै पूरा गरेको बताएका छन्।

रिमालले भने, ‘ओलीले प्रधानमन्त्री देउवासँग भेट्न बालुवाटार आउँछु भन्नुभएको रहेछ, त्यही बाचा पूरा गर्न उहाँ जानुभएको हो। अरू खासै कुरा भएन, बरू केही चरण कफी खाइयो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै