२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

आन्दोलनकारीले तोडफोड गरेको बुद्धनगरको बुटिकको क्षति सरकारले हेर्छ : गृहमन्त्री खाँण

spot_img

काठमाडौं ।  गृहमन्त्री बालकृष्ण खाँणले आन्दोलनकारीले तोडफोड गरेको बुद्धनगरस्थित जानकी श्रेष्ठको बुटिकको क्षति सरकारले हेर्ने बताएका छन् । श्रेष्ठलाई आज टेलिफोन गरी गृहमन्त्री खाँणले साथमा सरकार रहेकाले नआत्तिन आग्रह गरे ।

श्रेष्ठसँग गृहमन्त्रीले गरेको कुराकानी उद्धृत गर्दै उनका प्रेस संयोजक मधुसुदन भट्टराईले भने, ‘तपाईंको क्षति सरकारले हेर्छ, सरकार तपाईंको साथमै छ, नआत्तिनुस् ।’

यसअघि आजै काठमाडौँका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख पुगेर उनको क्षतिबारे स्थलगत निरीक्षण गर्नुभएको थियो । आइतबार एमसीसी (मिलिनियम च्यालेन्ज कर्पोरेशन) सम्झौता संसद्मा टेबुल भएपछि प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले प्रहरी उक्त बुटिकमा पसेको भन्दै तोड्फोड गरेका थिए ।

स्थानीय प्रशासन नै आएर निरीक्षण गरेपछि थोरै भए पनि राहत महसुस भएको श्रेष्ठले बताएकी छिन् । उनले अझै पनि आन्दोलनकारीले आफूलाई ‘टर्चर’ दिने गरेको बताइन् । प्रजिअ गोविन्दप्रसाद रिजालले ज्यान जोखिममा राखेर प्रहरी जोगाएकामा धन्यवाद दिए।

उनले छ प्रहरीलाई आफूले लुकाएर बचाएको जानकारी दिनुभयो । पसलको क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा प्रस्ताव पेश गर्ने प्रजिअ रिजालले आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै