३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

देउवा र ओलीबीच बालुवाटारमा ‘वान टु वान’ वार्ता

spot_img

काठमाडौं  । मंगलबार साँझ बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ‘वान टु वान’ वार्ता भएको जानकारीमा आएको छ।

प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष ओली मंगलबार साँझ तीन एमाले नेतासहित बालुवाटार पुगेका थिए। उनको साथमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल र उपमहासचिव बिष्णु रिमाल थिए।

कांग्रेसको तर्फबाट प्रधानमन्त्री देउवासहित उपसभापति पूर्णबहादुर खड्का र सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की थिए।

बैठक सकिएपछि साँझ सबै नेताले सामान्य कुरा भएको र कुनै प्रगति नभएको प्रतिक्रिया दिए। मिडियामा एमाले होस् वा कांग्रेस सबै नेताले एउटै बोली बोले। सबैले भने, ‘प्रधानमन्त्रीले एमसिसीमा एमालेको सहयोग माग्नुभयो। एमाले अध्यक्ष ओलीले पहिले आफ्नो पार्टी संसदमा भाग लिने वातावरण मिलाउनु पर्‍यो भन्नुभयो।’

कांग्रेस र एमाले पछिल्लो एक सातादेखि लगातार संवादमा छन्। गएको शुक्रबार प्रधानमन्त्री देउवा पत्नी आरजुसहित ओली निवास बालकोट पुगेका थिए। त्यसयता दुई दलका नेताहरूबीच लगातार भेटघाट र संवाद भएका छन्। त्यसैले ओली र देउवा बालुवाटारमा भेट्दा एकजनाले ‘एमसिसी पास गर्न मद्दत गर्न सहयोग मागे र अर्काले हामीले संसदमा भाग लिने वातावरण मिलाउनु पर्‍यो भने, त्यसबाहेक अरू कुरा भएन’ भन्ने भनाइ पत्यारिलो थिएन। सबै नेताले जसरी एक स्वरमा एउटै प्रतिक्रिया दिए त्यो पनि पत्यारिलो थिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै