३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

गल्ती गर्ने ऊ, आरोप हामीमाथि ? : दुर्गेश थापा

spot_img

काठमाडौं ।  गायक दुर्गेश थापाले अभिनेता पल शाहबाट पीडित बनेका नाबालिगलाई आफूहरूले मद्दत गर्ने प्रयास मात्र गरेको स्पष्ट पारेका छन् । शाहले सामाजिक सञ्जालमार्फत आफूलाई नियोजित रूपमा फसाउन थापालगायतले षडयन्त्र गरेको आरोप लगाएका थिए ।

कुराकानी गर्दै थापाले भने, ‘गल्ती गर्ने ऊ, दोष चाहिँ हामीमाथि । एकजना नाबालिग ऊबाट पीडित भएकी छन् । ती नाबालिगलाई न्याय दिलाउन हामीले सहयोग गरेका हौँ । ती नाबालिगले न्याय पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । यसबारे हामी विस्तृतमा पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौँ ।’

नाबालिगमाथि यौन शोषण गरेको जाहेरी परेपछि पल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको उजुरी परेको छ । प्रहरीले खोजिरहेका शाहले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गर्ने प्रयास गरेका छन् । उनले आफूमाथि नियोजित षडयन्त्र भएको भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंमाथि षडयन्त्र गरेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै