३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

अन्तत कुनै खेल नहारी च्याम्पियन बन्यो मछिन्द्र

spot_img

काठमाडौं ।  सिजनको सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनेको मछिन्द्र अपराजित रहन सफल भएको छ।

दुई खेलअघि नै उपाधि जितेको मछिन्द्रले सिजनको अन्तिम खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २-१ गोलले पराजित गर्‍यो।

खेलको ४२ मिनेटमा अभिषेक गुरुङको गोलबाट मछिन्द्रले खेलमा अग्रता लिएको थियो।६९ मिनेटमा एपिएफका प्रदीप लामाले बराबरी गोल फर्काए।

८१ मिनेटमा रेजिन सुब्बाले गोल गरेपछि मछिन्द्रले खेलमा दोस्रो पटक अग्रता लियो।

खेल सकिन एक मिनेट बाँकी छदा मछिन्द्र दश खेलाडीमा सीमित बनेको थियो। उसका सोनाम भुटिया रातो कार्ड दिइएको थियो।जितसँगै मछिन्द्रले १३ खेलबाट ३५ अंक जोड्यो। उसले ११ जित निकाल्दा २ खेलमा बराबरी खेल्यो।

दोस्रो भएको त्रिभुवन आर्मी क्लबले २३ अंक जोड्दा एनआरटी २३ अंक नै जोड्दै तेस्रो भयो।

वप्रवेशी सातदोबाटो युथ क्लब २१ अंकसहित चौथो र मनाङ मर्स्याङ्दी क्लब पनि २१ अंक जोडेर पाँचौ भए। छैटौं भएको छैटौं भएको थ्रीस्टारको १९ अंक, सातौं भएको संकटाको १६ अंक, आठौं भएको एपिएफको १५ अंक र नवौं भएको जावलाखेल युथले १४ अंक जोडे।

हिमालयन शेर्पा क्लब १४ अंकसहित दशौं, नेपाल पुलिस क्लब १२ अंकसहित एघारौं र फ्रेन्ड्स क्लब ११ अंकसहित १२औं भए। रेलिगेसनमा परेका १३औं स्थानको ब्रिगेड ब्वाइजले ८ अंक र पुछारको च्यासलले ६ अंक जोडे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै