३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

व्याख्यात्मक घोषणासहित एमसिसी पारित भएपछि निकै खुसी छु: प्रचण्ड

spot_img

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना एमसिसी व्याख्यात्मक घोषणासहित पारित भएकोमा आफू निकै खुसी भएको बताएको छ।

सोमबार आफ्नो निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफूले सुरूदेखि नै एमसिसीमा राष्ट्रिय सहमति होस् भन्ने चाहना रहेकाले एमसिसी पारित हुँदा खुसी भएको बताएका हुन्।

एमसिसीसँगै पारित भएको १२ बुँदे व्याख्यात्मक घोषणाको कानुनी हैसियत हुने भन्दै उनले यसले नेपालको राष्ट्रिय सुरक्षालगायत विषय स्पष्ट पारेको उनले बताए।

एमसिसीका कारण शान्ति सम्झौता, संविधान र अहिलेको व्यवस्था नै उल्टिने जस्तो देखिएपछि आफूले व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याएको बताए।

यस्तो प्रस्ताव तत्कालीन नेकपाका अध्यक्षका केपी शर्मा ओलीका पालामा नै आफूले ल्याएको प्रचण्डको भनाइ छ।

आफूले त्यो प्रस्ताव तत्कालीन प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग राखेको बताए।

‘देउवाले हुन्छ/हुन्छ भन्नुभयो। तर ओलीले अरू कुनै प्रस्ताव जरूरी छैन। एक अक्षर पनि परिवर्तन हुँदैन भन्नुभयो,’ प्रचण्डले भने,‘त्यसपछि त प्रतिनिधि सभा विघटन के-के भयो।’

पछिल्लो समय पनि आफूले नै व्याख्यात्मक घोषणामार्फत् एमसिसी पारित गर्ने प्रस्ताव ल्याएको प्रचण्डले दाबी गरे।

आइतबार संसदबाट पारित भएको व्याख्यात्मक घोषणाको कानुनी हैसियत हुने उल्लेख गर्दै प्रचण्डले यो महाकाली सन्धीमा गरिएको संकल्प प्रस्तावजस्तो नभएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै