८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

मिडिया कप फुटसलको उपाधि बुटवल टुडेलाई , बुद्ध टेलिभिजन उपबिजेता

spot_img

बुटवल ।  ग्लोबल सञ्चारगृहद्वारा सञ्चालिन ग्लोबल आवाजले आयोजना गरेको दोस्रो टेनस्टिल्स मिडिया कप फुटसलको उपाधि बुटवल टुडेले जितेको छ ।

बुद्ध टेलिभिजन र बुटवल टुडेबिचको फाइनल प्रतिस्प्रधामा निर्धारित समयमा २-२को बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टीमा ३-२ ले बुटवल टुडेले जित निकालेको हो । बुद्ध टेलिभिजन गतबर्षको बिजेता भएपनि यसबर्ष उपबिजेतामा चित्त बुझाउनुपरेको छ ।

उपाधि संगै बुटवल टुडेले २५ हजार नगद राशी तथा उपबिजेता बुद्ध टेलिभिजनले १५ हजार नगद राशी पुरस्कार पाएका खेल संयोजक डिबि सुस्लिङले बताए ।

प्रतियोगितामा उत्कृष्ट गोलकर्ता बुद्ध टेलिभिजनका रोहित चौधरी भएका छन् । उत्कृष्ट फरवाड रेडियो लुम्बिनीका मोहन न्यौपाने, उत्कृष्ट खेलाडी दैनिक लुम्बिनीका दिपक न्यौपाने, अनुशासित खेलाडि राज्य टेलिभिजनका विष्णु भुसाल,उत्कृष्ट गोलरक्षक बुद्ध टेलिभिजनका रोहित चौधरी र सर्वाधिक गोलकर्ता बुटवल टुडेका सुसान्त मगर भए ।

प्रतियोगितामा संचारिका समूह रुपन्देही र क्रियाशिल महिला पत्रकार रुपन्देहीका बीच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताका विजयीलाई नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, ग्लोबल संचारगृहका संचालक गौतम भूसाल, निर्देशक सृष्टि अधिकारी भुसाल, सम्पादक एन।बी। कंडेल, निर्णायक समितिका संयोजक यमलाल भुसाल, प्रतियोगिता संयोजक डिबि सुस्लिङ लगायतले पुस्कार प्रदान गरेका थिए ।

मिडिया कप फुटसलको तिलोत्तमा नगरपालिका मेयर बासुदेव घिमिरेले गरेको थिए । रुपन्देहीका १४ वटा सञ्चार गृहमा आबद्ध सञ्चारकर्मीहरु फुटसल मैदानमा थिए ।यो संस्करणमा रुपन्देहीमा सञ्चालित ४ टेलिभिजन, ४ रेडियो, ३ दैनिक पत्रिका र ३ अनलाइ गरी १४ सञ्चारगृह प्रतिस्पर्धामा थिए ।

आज तिलोत्तमा–७ भलवारी स्थित सनराइज फुटसल एरिनामा प्रतियोगिता भएको ग्लोबल सञ्चारगृहका प्रबन्ध निर्देशक तथा ग्लोबल आवाज अनलाइनका प्रबन्ध सम्पादक गौतम भुसालले जानकारी गराए ।

प्रतियोगितालाई उपाधि चुम्ने होडभन्दा बढी मैत्री पूर्ण सम्बन्ध कायम गर्ने माध्यमका रुपमा लिइएको सम्पादक एन.बी. कंडेलले बताए ।

त्यस्तै प्रतियाृगितामा गतबर्ष उत्कृष्ट खेल पत्रकारिता गरेको भन्दै बुद्ध नागरिक अनलाइनमा सम्पादक तथा सामुदायिक टेलिभिजनका समाचार संयोजक कपिल ज्ञवालीलाइ र यसबर्ष बुटवल टुडेका स्वस्तिक श्रेष्ठलाइ नगद सहित सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै