२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

नेपालकै प्रसिद्ध , चर्चित , धार्मिक र आस्थाको शक्तिपिठ भएको सुपा देउराली मन्दीर

spot_img

बिबश थापा
अर्घाखाँची ।  नेपालका अब्बल गन्तव्य स्थानमा सुचित हुन सफल यस सुपादेउराली मन्दिर आन्तरिक तथा बाहय पर्यटनको लागि बिगत एक दशक देखी प्रमुख आकर्षणको केन्द्रको रुपमा रहेको छ ।

यस सुपादेउराली मन्दिरमा दिनहु हजारौं श्रद्दालुहरुको भिडभाड हुन्छ। प्रचलित हिन्दुधर्मको मान्यता अनुसार परापुर्बकाल देखी नै यस मन्दिरमा भाकल गरेको मनोआकंक्षा सफल र पुराहुने किम्बदन्ती भक्तजनहरुमा अटुट आस्थाको रूपमा रहेको छ।

त्यही बिश्वास अनुरुप भक्तजनले आफ्नो स्वेच्छाले गरेको भाकल बाट दुर्गा माता प्रसन्न भयर जति ठुलो कष्ट संकट लाई पनि सहजै निबारण गरिदिने हुदा, हजारौं भक्तजन आफ्नो मनोकामना लियर दुर्गा माताको चरणमा आई भाकल गर्छन् र कोहि भक्तजन भने आफ्नो मनोकामना माता प्रसन्न भइ पुरा गरिदियको मा प्रतिबद्धता अनुरुप बलि, फुल प्रसाद चढाउन आउछन्।

यस मन्दिर प्रती परापुर्ब कालदेखि नै श्रद्दा र आस्था रहे पनि २०६४ सालमा श्री नरनारायण बाबाले यस मन्दिरको स्तरउन्नती गरि धार्मिक र आध्यात्मिक शैलिको मन्दिरको निर्माण गरि यसको शक्ति र महत्त्व को ब्यापक प्रचार प्रसार भय पछि अझ यसको महिमा अझ भक्तजनमा बढेर गयको हो।

सुपादेउरालिको महिमाले यस क्षेत्रको धार्मिक क्षेत्र मात्रै नभयर आर्थिक सामाजिक र पर्यटन सगै यस क्षेत्र दिगो बिकासमा उल्लेखनीय भुमिका रहेको छ। भौगोलिक हिसाबले अति रमणीय पहाडी शृङ्खलिय पर्बत दर्जनौं दन्तलहर जस्तै हिम शृङ्खलाको सुन्दर दृश्य ताजा चिसो हाबाको स्पर्श।

नरपानीको पिकनिक स्पोट खांचि दरबार आकर्षण का प्रमुख केन्द्र हुन। बिस्व महामारीको रूपमा फैलिएको कोरोना को कारणले यस मन्दिरलाई पनि प्रत्यक्ष नकारात्मक असर पुरायो।

लकडाउन खुकुलो भयपछी यस मन्दिरमा भक्तजनको चाप निरन्तर बढेको थियो मन्दिरको मुलढोका नखोलिय पनि बाहिर बाटै पनि दर्शन गर्न हजारौं दर्शालु को भिड हुँदै आयको थियो, रोग भन्दा आस्था ठुलो हुदो रहेछ भन्ने मन्दिरमा हुने भिडले दर्साउद्थ्यो ,पछिल्लो समय मन्दिर पुर्ण रूपमा खोलिय पनि फागुन महिना अनि अत्याधिक भक्तजनको आगमन उल्लेखनीय रूपमा बडेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (33%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै