८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

मुस्लिम महिलाहरूको हरेक क्षेत्रमा प्रतिनिधित्व हुनुपर्नेमा जोड

spot_img

सप्तरी । मुस्लिम महिलाहरू अझै हरेक दृष्टिकोणले पछाडि परेकोले उनीहरूको नेतृत्व तहमा प्रतिनिधित्व हुनुपर्ने एक कार्यक्रमका वक्ताले बताएका छन् ।

राष्ट्रव्यापी महिला अधिकार अभियान कार्यक्रममा अन्तर्गत राजविराजमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै साहित्यकार करूणा झाले मुस्लिम महिलाको हरेक क्षेत्रमा प्रतिनिधित्व हुनुपर्ने बताईन् ।

कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष अम्विका दाहालले मुस्लिम महिलाले स्वतन्त्रता महशुस गर्न नसकेकोले उनीहरूले स्वतन्त्र भएर बाच्न पाउँनुपर्ने बताईन्।
कार्यक्रममा पत्रकार महासंघका निवर्तमान उपाध्यक्ष सुधा देवले महिलाले पाएको कानुनी अधिकार प्राप्त गर्न शिक्षा र आत्मनिर्भर हुनपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘मुस्लिम समुदायमा अहिले पनि बालविवाह कायमै रहेकोले बालविवाह अन्त्य गरि गुणस्तरीय उच्च शिक्षा आर्जन गरेर आर्थिक सशक्तीकरण ल्याउन आवश्यक छ ।’

सोही कार्यक्रम पत्रकार माला कर्णले बुर्का पहिरणले गर्दा मान्छे चिन्नै समस्या भएकोले यसको बिकल्प खोज्नुपर्ने बताइन्।
कार्यक्रममा लोकतान्त्रिक महिला संघकी नेतृ पुनम यादवले मुस्लिम समुदायका महिलाहरू अहिले पनि तीन तलाकबाट पीडित भएको बताइन् ।
ईस्लामी संघ नेपाल मधेस प्रदेशका अध्यक्ष अब्दुल मन्नामको अध्यक्षता आयोजित कार्यक्रममा युसुफ अली, सवनम खातुन, लगायतले आआफ्ना मन्तव्य राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै