२४ मंसिर २०८२, बुधबार
spot_img
२४ मंसिर २०८२, बुधबार
spot_img

प्रतिपक्षले संसद अवरोध गर्दैमा सरकार संसद छाडेर भाग्दैन : मन्त्री शर्मा

spot_img

सन्धिखर्क । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले संसदको गतिरोध अन्त्यका लागि प्रदेश सरकार लागिरहेको बताएका छन ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको जनसरोकारका सवालमा प्रदेश सरकार र सन्चारमाध्यमबीचको सम्वन्ध विषयक अन्तरक्रिया कार्यक्रममा शनिवार बोल्दै मन्त्री शर्माले अदालतमा विकाचारधीन विषयमा विपक्षीले संसद अवरोध गर्नु दुख्द भएको टिप्पणी गरे । उनले प्रतिपक्षले अवरोध गर्दैमा सरकार संसद छाडेर नभाग्ने समेत बताए । प्रदेश मन्त्रालयहरुले विधेयकको मस्यौदा तयार गरिरहेको भन्दै मन्त्री शर्माले विधेयकको मस्यौदा तयार हुनासाथ संसद संचालन हुने बताए ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य रामजी घिमिरले संसद सूचारु गर्न गंभीरता नदेखाएको बताए । उनले आफ्नो पार्टीले कारवाही गरेका सांसदका सम्वन्धमा सूचना टाँस हुनासाथ संसद चल्न दिने बताए ।

नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य डा. बालकृष्ण चापागाईले दलहरुले जनतालाई हेप्ने गरेको भन्दै जनता सचेत हुनुपर्नेमा जोड दिए ।

सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भूषालले सन्दिखर्क नगरपालिका भ्रष्टाचार मुक्त नगरपालिकाका रुपमा काम गरिरहेको बताए । त्यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख ठाकुर विकले जनप्रतिनिधिले चाहेर मात्र काम गर्ने वतावरण तयार नहुने गरेको बताए ।

संविधान सभा सदस्य विनोद पहाडीले सरकारहरु प्रति जनताका धेरै गुनासा रहेको भन्दै त्यस तर्फ ध्यान जानु पर्ने बताए ।

रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता, तेजेन्द्र केसीको स्वागत, विमल पुरीको संचालनमा भएको कार्यक्रममा बोट्कास्टीं एसोसियसन नेपाल वानका प्रदेश संयोजक माधव नेपाल, टेलिभिजन एसोसियसन लुम्बिनी प्रदेशका अध्यक्ष विष्णु भूषाल, शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्ल, अधिवक्ता युवराज कडेल, रुद्रहरी कुवर, एनवी कडेल, पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यष मोहन बेलवासे, सीता बेलवासेलगायतले बोल्दै जनचासोका विषयमा पत्रकारहरुले कलम चालउनुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै