२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

आजदेखि देशैभर कांग्रेसको चुनावी घरदैलो अभियान

spot_img

काठमाडौं ।  नेपाली कांग्रेसले आजदेखि देशैभर स्थानीय तह केन्द्रित चुनावी घरदैलो अभियान सञ्चालन गर्ने भएको छ।

चैत २९ गतेसम्म एक महिना चल्ने अभियानका क्रममा: कांग्रेसका नेता/कार्यकर्ता जनताका घरदैलोमा पुग्ने कार्यक्रम छ।

कांग्रेसले ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान सुरू गरेको हो।यसका लागि ७७ जिल्लामा केन्द्रीय सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएको छ।

०७९ वैशाख ३० मा स्थानीय चुनाव हुने भएकोले त्यसअघि दुई चरणमा घरदैलो अभियान गर्ने कांग्रेसको तयारी छ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार यस अभियानमा मतदानमा सबैलाई सहभागी हुन अपिल गरिनेछ।साथै आचारसंहिता पालना गर्दै स्वस्थ प्रतिस्पर्धामा जोड दिने, स्थानीय पार्टी संरचनालाई पूर्णता दिने, सम्वृद्धि संवाद गर्ने, जनतासँग सम्बन्ध प्रगाढ बनाउने तयारी छ।

यस्तै पार्टीका विभिन्न समिति र नेता/कार्यकर्ताबीच समन्वय तथा सौहार्दता वृद्धि अभियानमार्फत् गरिने उनले बताए। सत्यतथ्यको प्रचार र अनेक भ्रमका चिरफार यस चुनावी अभियानमार्फत् सञ्चालन गरिने उनले बताएका छन्।

कांग्रेसले दोस्रो चरणको घरदैलो अभियान भने स्थानीय तहका उम्मेदवारको साथसाथै सुरू गरिने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (100%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै