२४ मंसिर २०८२, बुधबार
spot_img
२४ मंसिर २०८२, बुधबार
spot_img

रुपन्देहीको तिलोत्तमा दोश्रो पटक उत्कृष्ट नगरपालिका

spot_img

देशभरका नगरपालिकामध्ये उत्कृष्ट कार्य गरेको भन्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगातार दोस्रो पटक पुरस्कार प्राप्त गरेको छ।

नेपाल नगरपालिका संघले हरेक वर्ष देशभरका नगरपालिकामध्ये उत्कृष्ट सेवा प्रवाह गर्ने नगरपालिकालाई पुरस्कृत गर्दै आएकोमा तिलोत्तमाले गतवर्ष र यसवर्ष पुरस्कार प्राप्त गर्न सफल भएको हो।

तिलोत्तमालाई अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा सहरी सेवा प्रवाह तथा सुशासन क्षेत्रमा उल्लेखनीय कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरिएको थियो।

गत आर्थिक वर्ष २०७७/७८ मा पनि सामाजिक विकास क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको भन्दै तिलोत्तमालाई पुरस्कार प्रदान गरिएको संघले जनाएको छ।  संघले आफ्नो २९ औं वार्षिक उत्सवको अवसरमा आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उक्त पुरस्कार प्रदान गरेको हो।

सामाजिक विकास क्षेत्रमा तिलोत्तमा उत्कृष्ट भएसँगै अन्य विधामा उत्कृष्ट हुने नगरपालिकाहरूलाई पनि पुरस्कार प्रदान गरिएको छ। पुरस्कृत हुने नगरपालिकाहरूमा निलकण्ठ, वालिङ, हरिवन, पुतलिबजार, ईलाम र राप्ति नगरपालिका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई उत्कृष्ट नगरपालिका पुरस्कार-२०७८ स्वरूप कदर पत्र प्रदान गरेका थिए।

तिलोत्तमा नगरप्रमुख घिमिरेले सबै जनप्रतिनिधि, कर्मचारीलगायत सम्पूर्ण नगरबासीको योगदानको कारण नगरपालिका लगातार दोश्रो वर्षपनि पुरस्कृत हुुन सफल भएको बताए।

उनले सबैको सहकार्य, सहयोगले तिलोत्तमाले रचनात्मक काम गर्न सकेको भन्दै आगामी दिनमा अझै रचनात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले विभिन्न सूचकका आधारमा नगरपालिकाहरूलाई उत्कृष्ट घोषणा गरिएको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै