२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

अर्घाखाँचीमा काँग्रेसकाे घरघर जाओै, काँग्रेस जिताओै अभियान राशिपबाट सुरू

spot_img

घनश्याम पाैडेल
अर्घाखाँची – नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिकाे निर्देशनमा अर्घाखाँचीमा घरघर जाओै, काँग्रेस जिताओै अभियानकाे सुरूवात भएको छ । छत्रदेवकाे राशिप स्मृति भवनबाट सुरू भएकाे अभियानकाे सुरूवात गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य शान्ति परियारले देश र जनताकाे निम्ति काँग्रेसले अनिवार्य जित्नुपर्ने बताईन । उनले स्थानीय निर्वाचनमा काँग्रेसले  याेग्य उम्मेदवार उठाउने बताउँदै पार्टी एकढिक्का हुने गरि काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिईन ।

कम्युनिष्टका नेताहरुले जनतामा भ्रमको खेति गरिरहेको आरोप लगाउँदै केन्द्रीय सदस्य परियारले जनताले भोट दिई १५ वर्षसम्म केन्द्रमा पठाए पनि जनताको सम्मान गर्न कम्युनिष्ट नेताले नसकेको आराेप लगाईन ।

संसदबाट पारित भईसकेको एमसिसिको नेकपा एमालले विरोध गर्दै जनतालाई झुक्काएर भोट माग्ने रणनीति बनाएकाे बताईन ।

काँग्रेस नेता तथा पुर्व राज्यमन्त्रि रेवति प्रसाद भुसालले तरुण युवाहरु एकजुट नभएसम्म काँग्रेसलाई बलियो बनाउन नसकिने बताए । देश पविर्तनका निम्ति जति पनि आन्दोलन भए त्यसको नेतृत्व तरुण युवाहरुले गरेको धारणा राखेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै नेपाली काँग्रेसका नेता रामबहादुर बिसिले  युवाहरुको सम्मान गर्न सकेमात्र काँग्रेसलाई हरेक निर्वाचनमा विजयी बनाउन सकिने बताए । नेता बिसिले आगामी स्थानीय तहदेखि प्रदेश र संघको निर्वाचनमा सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री बिस्नु मुस्कानले काँग्रेसले जनताकाे पक्षमा काम गर्छ, कम्युनिस्टले भ्रमकाे खेति गर्ने बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस अर्घाखाँचीका पुर्व पार्टी सभापति कमल प्रसाद भुसाल, काँग्रेस लुम्बिनि प्रदेश सदस्य शान्ता  भन्डारी,  रोमलाल खनाल, बिस्नु सापकोटा   लगायतले मन्तव्य राखेका थिए ।

काँग्रेस उपसभापति बिस्नु भुसाल,  जिल्ला सचिव अच्युत गौतम, कोषाध्यक्ष बिष्णु क्षेत्री, सहसचिव कमल पौडेल मेघराज पाण्डे, महाधिवेशन प्रतिनिधि लेखनाथ पोख्रेल, पिताम्वर खनाल, पुर्व जिल्ला सचिब लोकेन्द्र बिक, पुर्व कोषाध्यक्ष कृष्ण ज्ञवाली, जिल्ला सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख सुर्य प्रसाद भुसाल, जिल्ला सदस्य बालकृष्ण श्रेष्ठ,  प्रदेश (क) का सभापति राजेस पन्थि, छत्रदेव  सभापति बालकृष्ण पोख्रेल,  नेविसघका अध्यक्ष भरतमणि भट्टराई, लगाएतकाे उपस्थिति रहेको थियो । काँग्रेस अर्घाखाँचीले ६१ वडामा जिल्ला प्रतिनिधि खटाएको छ ।

कार्यक्रम काङ्ग्रेस अर्घाखाँचीका सभापति केसब श्रेष्ठको सभापतित्व, जिल्ला उपसभापति बाबुराम पौडेलको स्वागत  र  जिल्ला सचिब कृस्न प्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको  काँग्रेस प्रचार विभाग प्रमुख सुर्य प्रसाद भुसालले जानकारि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै