२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा चैत २० देखि अन्तिम सुनुवाइ

spot_img

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ चैत २० गतेदेखि हुने भएको छ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गरेका नेपालसहित १४ जना सांसद्‌विरुद्ध दायर गरेको रिटमा सर्वोच्चले अन्तिम सुनुवाइका लागि चैत २० गते पेसी तोक्न आदेश जारी गरेको छ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको आइतबारको इजलासले ओलीले दायर गरेको रिटलाई पूर्ण सुनुवाइमा लैजाने निर्णय गरेको हो। मुद्दाको पक्ष र विपक्ष दुवै तर्फबाट लिखित जवाफ पेस भएको र अन्य मुद्दाको अङ्ग पुगेकाले फैसला केन्द्रित सुनुवाका लागि पेसी तोक्न संयुक्त इजलासले आदेश गरेको हो।

एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरेका नेपालसहित १४ जना सांसद्‌को पद खारेजी तथा दल दर्ता अवैधानिक भएको दाबीसहित एमाले अध्यक्ष ओलीले सर्वोच्चमा रिट दायर गरेका थिए।

ओलीले दायर गरेको रिटमाथिको १२औं पेसीमा सुनुवाइ गर्दै सर्वोच्चले फैसला केन्द्रित सुनुवाइ सुरु गर्ने निर्णय गरेको हो। यो आदेशपछि अब तोकिने पेसीमा (चैत २० गतेदेखि) अन्तिम सुनुवाइका लागि बहस हुने छ।

दुवै पक्षको बहसपछि सर्वोच्चले आफ्नो फैसला सुनाउने छ। सर्वोच्चले सुनाउने फैसलाले एकीकृत समाजवादीको भविष्य निर्धारण हुने छ।   सर्वोच्चले तत्कालीन समयमा जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेशदेखि सभामुख अग्नि सापकोटाले कारबाहीको सूचना टाँस नगरेको विषयसम्मलाई सम्बोधन गर्नुपर्ने छ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै