२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

साउदी अरबका राजकुमार आज नेपाल आउँदै, राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

spot_img

काठमाडौं ।  साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले आज नेपाल आउने भएका छन्।

परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार राजकुमार फैजल दुई दिने भ्रमणका क्रममा आज अपरान्ह नेपाल आउन लागेका हुन्।

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री नारायण खड्कासँग साउदी विदेशमन्त्री फैजलको मंगलबार द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

दुई देशका परराष्ट्र मन्त्रीले जनलर कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

यसअघि मन्त्रिपरिषदले साउदी विदेश मन्त्रीसँग दुई पक्षीय वार्ता गर्न परराष्ट्र मन्त्री नारायण खड्काको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने पनि निर्णय गरेको थियो।

मन्त्री खड्काले फैजलसहितका साउदी प्रतिनिधिमण्डललाई नेपाल सरकारका तर्फबाट दिवा भोजको आयोजना गर्नेछन्।

साउदी अरब नेपाली श्रम गन्तव्यको प्रमुख देशका रूपमा गनिन्छ। त्यहाँ चार लाखभन्दा बढी नेपाली नागरिक श्रमका लागि रहेको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (100%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै