३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

चुनाव चिन्ह ‘हलो’ नपाए सडकबाट विकल्प खोज्छौं : राजेन्द्र लिङ्देन

spot_img

काठमाडौं ।  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई चुनाव चिह्न हलो नदिए सडकबाट विकल्प खोज्ने चेतावनी दिएका छन्।

बर्दियामा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई चुनाव चिह्न हलो दिनुपर्ने माग गर्दै नदिएमा सडकबाट विकल्प खोज्ने चेतावनी दिएका हुन्।

राप्रपालाई चुनाव चिह्न हलो नदिएमा निर्वाचन बहिस्कार नगर्ने तर हुन नदिने भन्दै उनले भने, ‘राप्रपालाई आगामी स्थानीय तहको निर्वाचनमा दलको चुनाव चिह्न हलो दिइएन भने चुनाव बहिस्कार गर्ने होइन, चुनाव नै हुँदैन, हामी हुन दिँदैनौं।’

राप्रपालाई राजनीतिक मुलधारबाट धकेल्ने र देशलाई मुठभेडतर्फ लैजान खोजेको भन्दै लिङ्देनले सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराए।

राप्रपालाई राष्ट्रिय राजनीतिको मूलधारबाट पर धकेल्ने कुरा स्वीकार्य छैन। द्वन्द्व र मुठभेडतर्फ मुलुकलाई नधेकेल्न सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछु,’ सभामा उनले भने, ‘देशभरका कार्यकर्ता साथीहरूलाई विश्वास दिलाउन चाहन्छु कि राप्रपाका कार्यकर्ताले हलोमै भोट हाल्न पाउनुहुनेछ।’

स्थानीय निर्वाचनको तयारीमा राप्रपाले देशव्यापी कार्यक्रम गरिरहेको छ।

कर्णाली र लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लामा आयोजित आमसभालाई सम्बोधन गर्न लिङ्देन केही दिनदेखि त्यस क्षेत्रमा छन्।

राप्रपाले आफ्नो चुनाव चिन्ह हलो मागिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै