८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

मोहन वैद्य नेतृत्वको पार्टीले स्थानीय चुनावमा भाग नलिने

spot_img

काठमाडौं – मोहन वैद्य नेतृत्वमा रहेको नेकपा (क्रान्तिकारी माओवादी) ले स्थानीय तहको चुनावमा भाग नलिने भएको छ।

०७९ वैशाख ३० मा हुने स्थानीय चुनावमा भाग नलिने उक्त पार्टीले निर्णय लिएको हो।

फागुन २५ देखि २९ गतेसम्म चलेको केन्द्रीय समिति बैठकका निर्णयबारे महासचिव वैद्यले निकालेको प्रेस विज्ञप्तिमा निर्वाचनलाई ‘बहिष्कार’ गरेर जाने निर्णय भएको उल्लेख छ।

‘पार्टीको क्रान्तिकारी छवि उपयोग होइन बहिष्कारद्वारा नै समुज्ज्वल हुने देखिएकोले स्थानीय निर्वाचनको बहिष्कार गर्ने नीति अबलम्बन गरिएको’ विज्ञप्तिमा उल्लेख छ।

बहिष्कार आन्दोलनलाई दुई महिने अभियान बनाई सञ्चालन गर्ने निर्णयसमेत भएको महासचिव वैद्यले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

केन्द्रीय समितिमा महासचिव वैद्यको ‘वर्तमान राजनीतिक परिस्थिति र हाम्रो कार्यभार’ राजनीतिक प्रतिवेदनसमेत पेश गरेर छलफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै