२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

चीनमा एकैदिन ५ हजार २८० जनामा कोरोना पुष्टि, ११ सहरमा लकडाउन

spot_img

एजेन्सी – चीनमा थप ५ हजार २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  मंगलबार त्यहाँ ५ हजार २८० जनामा संक्रमण पुष्टि भएको समाचार संस्था एएफपीले जनाएको छ।

सबैभन्दा धेरै संक्रमित जिलिन प्रान्तमा देखिएको छ। जिलिनमा मात्रै तीन हजार बढी संक्रमित थपिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।  चीनमा कोरोना संक्रमण बढ्न थालेपछि कम्तीमा पनि ११ सहर र काउन्टीमा लकडाउन गरिएको छ।

एक करोड ७० लाख जनसंख्या भएको प्रविधिको हब मानिएको सहर शेनझेनमा पनि लकडाउन गरिएको छ।  झन्डै ३ करोड चिनियाँहरू अहिले लकडाउनमा बस्न बाध्य भएका छन्। चिनियाँ अधिकारीहरूले कडा लकडाउन लागू गरेका छन्।

‘जिरो कोभिड’को रणनीति अपनाएर उनीहरूले लकडाउन गरिरहेका हुन्। ६ दिनयता चीनमा दैनिक एक हजार बढी संक्रमित थपिरहेको एएफपीले जनाएको छ।

चीनमा अहिलेसम्म एक लाख २० हजार ५०४ जनामा कोरोना संक्रमण पुष्टि र ४ हजार ६३६ जनाको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै