३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

ढोडको लौरी टेक्ने होइन, एमालेले एक्लै ७० प्रतिशत सिट जित्छ: ओली

spot_img

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाखमा हुने स्थानीय तहको चुनावमा एक्लै लड्ने बताएका छन्।

उनले एमालेलाई गठबन्धनको आवश्यकता नपर्ने बताए।

अखिल नेपाल महिला संघले काठमाडौंमा आज गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले स्थानीय चुनावमा ६० देखि ७० प्रतिशत सिट जितिने बताए।

यसको वैशाखी टेक्नुपर्छ भन्ने छैन, ढोडको लौरी टेक्ने होइन, हामी एक्लै चुनाव लड्न र जित्न सक्छौं,’ ओलीले भने, ‘६० देखि ७० प्रतिशत स्थानीय तह एमाले एक्लै जित्न सक्छ।’

उनले यति जित्नका लागि कसैसँग पनि तालमेल गर्नु नपर्ने बताए। ‘कांग्रेस र सबैलाई मिलाएर सर्वसम्मत होऔं भन्ने त्यो कुरा पनि हुन्छ?,’ उनले भने, ‘प्रतिस्पर्धात्मक व्यवस्था रोजेकोले केही ठाउँमा हामी हार्न सक्छौं।’

उनले कम्युनिष्ट एकता बेकारको कुरा भएको बताए।

‘कम्युनिष्ट एकता बेकारको तमासा हो। कम्युनिष्ट सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने?,’ उनले भने, ‘यस्ता पनि कम्युनिष्ट? यहाँ के कम्युनिष्ट के कांग्रेस- दुइटा राजनीति छ, प्रतिगमनकारी र कम्युनिष्ट विरोधी शक्ति।’

साथै उनले प्रकाश सपुतले ल्याएको ‘पिर’ गीतमाथि पनि टिप्पणी गरेका थिए।

‘तिम्रो मायाले मलाई पिर दियो….,’ उनले भने, ‘कुनै कुनै पार्टीलाई त पिरले उधुम नै भएको छ।’

सपुतको पिर गीत युट्युवबाट हटाउन नेकपा माओवादी केन्द्रको भातृ संस्थाले माग गरे पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गीतलाई लिएर उत्तेजित हुनु नपर्ने प्रतिक्रिया दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै