३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

एमसिसीका ‘भ्रम चिर्न’ कांग्रेसले छाप्यो पुस्तिका, पठायो गाउँ

spot_img

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह केन्द्रित चुनावी अभियानमा एमसिसी परियोजनाका विषयलाई पनि प्राथमिकताका साथ उठान गरेको छ।

फागुन २९ गतेदेखि सुरू ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानका क्रममा: गाउँ-गाउँ पुगेका केन्द्रीय प्रतिनिधिले ५० पृष्ठको ‘एमसिसी अनुदान सहायता सम्झौता: भ्रम र यथार्थ’ नामको पुस्तिका पनि लगेका छन्।

कांग्रेस केन्द्रीय कार्यालयले एमसिसीबारे जनतामा भ्रम रहेकोले यथार्थ बुझाउन भन्दै पुस्तिका नै छापेको थियो।

कांग्रेसका नेताहरूले गाउँ तथा टोल र घरदैलोका क्रममा: उक्त पुस्तिका वितरण गरेका छन्। साथै नेताहरूले एमसिसीबारे अनावश्यक भ्रम छरेकोमा अरू पार्टीका नेताहरूको आलोचनासमेत गर्छन्।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले नै नुवाकोटमा आयोजित कार्यक्रममा एमसिसीबारे नेकपा एमालेका नेता भीम रावलले भ्रम छरेको आरोप लगाएका थिए। उक्त आरोपमा रावलले सत्यता नभएको पनि टिप्पणी गरेका थिए।

कांग्रेसले छापेको एमसिसीबारेको पुस्तिकामा कुन सरकारका पालामा एमसिसीबारे के निर्णय गरिएका थिए भन्नेबारे मिति, प्रधानमन्त्री, मन्त्रीहरूलगायतको विवरणसमेत समावेश छ।

कम्युनिष्ट पार्टीका नेताहरूले एमसिसीबारे भ्रम छरेकोले उक्त भ्रम चिर्न पुस्तक छाप्नुपरेको कांग्रेसले घरदैलो अभियान सञ्चालन गर्नुपूर्व पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बताएको थियो।

एमसिसी परियोजनाबारे जानकारी दिने पुस्तिका गाउँ-गाउँ पठाइएको कांग्रेसले जनाएको छ। कांग्रेससहित सत्तारूढ गठबन्धनले एमसिसी प्रतिनिधि सभाबाट अनुमोदन गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै