२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

राष्ट्रिय जनसांस्कृतिक महासंघ अर्घाखाँचीको अधिवेशन सम्पन्न , अध्यक्षमा बलाराम रायमाझी

spot_img

हरि कुँवर
अर्घाखाँची ।  नेकपा (एमाले) को जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासंघ अर्घाखाँचीले पाचौं अधिवेशन सम्पन्न गरेको छ ।

नेकपा (एमाले) को जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासंघ अर्घाखाँचीले पाचौं अधिवेशन सन्धिखर्कको साथी होटलमा भव्यताका साथ बलाराम रायमाझीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा सुशीला परियार उपाध्यक्ष तिलका भुसाल गिता शाह , सचीव रामचन्द्र भुसाल , कोषाध्यक्ष सीता क्षेत्री सह- सचीव पम्फा भुसाल र रमेश बिक छनोट भएका हुन ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल केन्द्रिय महासचिव प्रेमनाथ अधिकारीले अर्घाखाँची जिल्लाको मुक्तकठले प्रसंशा गरेका थिए। विकृति ले हाम्रो सामाज संस्कृति लाई धोका दिएको जिल्लाभरका स्रष्टा–सर्जकहरू एकजुट हुन आग्रह गर्दै पछिल्लो राजनीतिक घटनाक्रम तथा भावी सांस्कृतिक रूपान्तरणको कार्यसूचीबारे आफ्ना शुभेच्छुक संस्कृतिकर्मीका लागि नेकपा एमालेले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका हुन ।
हुनत कलाकार रास्ट्रका गहना मात्र होइन अमूल्य गहना हुन । राष्ट्रले आफूहरूलाई कहिल्यै वास्ता नगरेको दुःखेसो पोखेपछि दुई-चार प्रस्तुति दिएर कलाकार मञ्चबाट बिदा हुनुपर्ने बाध्यता को अन्त्य गर्न आफू लागीपरेको बताए कला क्षेत्रमा देखा परेका गम्भीर समस्या त्यसले उत्पन्न गरेका तरङ्गहरू र आजको विषम परिस्थितिमा स्रष्टा–सर्जकहरूले खबरदारीपूर्ण भूमिका निर्वाह गर्नु पर्ने भएको बताए ।

विशिष्ट अतिथि नेकपा एमाले केन्द्रिय परिषद सदस्य लक्ष्मण रायमाझी , राष्ट्रिय जनसांस्कृतिक महासंघ जिल्ला इन्चार्ज मोतीराज खनाल ,नेकपा एमाले जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का , नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल , जिल्ला उपाध्यक्ष इश्वरा पोखरेल , सन्धिखर्क नगर कमिटी अध्यक्ष श्रीकृष्ण भुसाल र नेपाल पत्रकार महासंघ अर्घाखाँची जिल्लाका तत्कालीन अध्यक्ष हिमलेकाली लगाएका नेताहरूले मन्तव्य राख्दै कला संस्कृति र साहित्य जोगाउनु पर्नेमा जोड दिएका थिए ।

बरिस्ठ बासुरी बाधक ठाकुर भाट , लोकगायिका पार्वता पाण्डे राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल अर्घाखाँचीमा प्रवेश गरेका थिए । अधिवेशनमा दर्जनौँ स्थानीय बासिन्दा जिल्ला नेता कलाकार को उपस्थिति सहित भव्यताका साथ सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै