८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

अर्घाखाँची : सन्धिखर्कमा महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

spot_img

अर्घाखाँची । सन्धिखर्क नगरपालिकामा महिला सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सन्धिखर्क नगरपालिका वडा नम्बर १ वडा कार्यलयको आयोजनामा महिला सशक्तिकरण कार्यक्रम सन्धिखर्क शान्ति बगौचाको योगाहलमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष युवराज बञ्जाडेले महिलाहरुले आफ्नो अधिकार खोज्न पोछि पर्न नहुनेमा जोड दिएका थिए । उनले नेपालको संबिधानले प्रसस्त महिला अधिकार सुनिश्चित गरेको भन्दै ति अधिकारको उपयोग कसरी गर्ने भनेर सशक्तिकरण कार्यक्रम आयोजना गरीएको बताएका थिए । साथै उनले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन नगर्न समेत अनुरोध गरेका थिए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल, वडा सदस्यहरु सुमित्रा मुखिया, आशा परीयार, लक्ष्मण पराजुलि, बलबहादुर रानाभाट पत्रकार अर्जुन भुसाल, समाचारपोष्ट डटकमका प्रधानसम्पादक भिम बिश्वकर्मा लगायत वडा नम्बर १का महिलारुको उल्लेखनिय सहभागिता रहेको थियो ।

यस्तै अधिबक्ता जगन्नाथ भुसाल, अधिबक्ता बिजय के.सी, जिल्ला अदालत अर्घाखाँचीकी बैतानिक अधिबक्त पबित्रा बञ्जाडे भट्टराई लगायतले सहजिकरण गरेका थिए ।

कार्यक्रम वडा नम्बर १ का वडा अध्यक्ष युबराज बञ्जाडेको अध्यक्षता, लक्ष्मण पराजुलिको स्वागत मन्तब्य र वडा सचिब धर्म भुसालको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै