२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

सन्धिखर्कमा तेस्रो मेयर कप भलिवल प्रतियोगिता शुरु

spot_img

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा वडा स्तरीय तेस्रो मेयर कप भलिवल प्रतियोगिता आज बाट शुरु भएको छ ।

खेलको एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा र नगर प्रमुख कमल प्रसाद भुसालले बल सर्भिस गरि उद्घाटन गेका हुन् ।

नगर भित्रका १२ वटा वडाको सहभागिता रहेको प्रतियोगीतामा प्रथम हुनेलाई ४० हजार ,द्वितीय हुनेलाई २० हजार , तृतीयलाई १० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।

खेलको यद्धाटन समारोहमा मन्तब्य राख्दै जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्माले खेलकुदको विकासले मात्र देशको बिकास हुने बताए । उनले देशलाई अन्तरािष्ट्रय स्तरमा चिनाउने प्रमुख माध्यम खेल मात्र भएको बताएका हुन् ।

सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले खेलकुद क्षेत्रको विकासका लागि सन्धिखर्क नगरपालिकाले काम गरिरहेको बताए । उनले खेलाडी उत्पादन र खेल मैदान निर्माण गर्नको लागि नगरपालिकाले बजेट विनियोजन गरेको बताएका छन् ।

उद्धाटन समारोहमा सन्धिखर्क नगरपालिकाका नगर उप प्रमुख ठाकुर कुमार बिक, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, प्रहरी नायव उपरिक्षक अम्वर थापा, शसस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक रामकृष्ण महर्जन, नेपाली सेनाका सेनानी आदित्य सिलवाल, वडा अध्यक्षहरु युवराज बन्जाडे, लिलाराम गौतम, राजेन्द्र भुसाल, कृष्णबहादुर आचार्य, नेकपा एमालेका नगर अध्यक्ष श्रीकृष्ण भुसालल, नेपाली कांग्रेसका नगर सभापति बाबुराम भुसाल, नेकपा माओवादीका विष्णु ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

उद्धाटन कार्यक्रम नगर प्रमुख कमल प्रसाद भुसालको अध्यक्षता, शिक्षा शाखा प्रमुख मञ्जु आचार्यको स्वागत मन्तब्य र योजना शाखा प्रमुख नारायण पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो ।
प्रतियोगप्ता अन्तर्गत आज ३ वटा खेल सम्पन्न भएका छन् । पहिलो खेलमा वडा नवर ५ लाई हराउदै सन्धिखर्क ८ ले खेल जितेको छ ।

वडा नम्वर १ र २ बिच भएको दोस्रो खेलमा वडा नम्वर २ ले जितेको छ भने तेस्रो खेलमा वडा नम्वर ३ लाइ हराउदै वडा नम्वर १० विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै