२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

तम्घासस्थान सामुदायिक वनको छैठाैं वार्षिक साधारण सभा सम्पन्न

spot_img

गोकर्ण पाण्डे
गुल्मी । श्री तम्घासस्थान सामुदायिक वनको एक कार्यक्रमका विच छैठाैं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकाेटाकाे प्रमुख अतिथिमा उक्त साधारण सभा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सापकाेटाले वन र वातावरण हरेक व्यक्तिको लागि उपयोगी भएकाले यसलाई हराभरा बनाउनको लागि र उपभोक्ताहरुले नै यसको उपयोग गर्न पाउनुपर्ने बताए । श्री तम्घासस्थान सामुदायिक वनलाई सहयोग आवश्यक परेको बेला आफुले हरेक क्षेत्रबाट हेर्ने समेत बताएका थिए । सापकाेटाले वनबाट अक्सिजन जस्तो महत्वपुर्ण पक्ष, आवश्यक काठ, जडिबुटि, घाँस दाउरा उत्पादन गरि आय आर्जनमा बृद्धि हुने हुँदा वनको संरक्षणका लागि पदाधिकारीहरु तथा उपभोक्ता सबैको भुमिका महत्वपुर्ण रहने बताए ।

यस्तै कार्यक्रममा श्रीतम्घासस्थान सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष गाेपाल प्रसाद पाण्डेले आर्थिक वर्ष २०७७/०७८ को लेखा प्रतिवेदन प्रस्तुत गरेका हुन ।२०७३ साल देखि स्थापना भएको यस श्री तम्घासस्थान सामुदायिक वन उपभोक्ता समुहले रेसुङ्गा नगरपालिका वडा नम्बर ७ र ९ का गरि ५ सय १२ जना सदस्यता संख्या बनाउन सफल भएको उल्लेख गरे ।

कार्यक्रममा बार्षिक प्रतिवेदन समुहकी सचिव सावित्रा पाण्डेले प्रस्तुत गरेकि थिन भने कोषाध्यक्ष तेज प्रसाद गैरेले आर्थिक प्रतिवेदन सुनाएका थिए ।

कार्यक्रममा डिभिजन वन कार्यालय गुल्मीका सहायक अधिकृत पकज कुमार ठाकुर, पशु सेवा कार्यालय गुल्मीका डिल्लीराज मरासिनी, वन कार्यालयका गुल्मीका घनश्याम आचार्य अर्खखाेला खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष कृष्ण प्रसाद पाण्डे,वनका पुर्ब अध्यक्ष माया गैरे र ७ र ९ का उपभोक्ताहरुकाे उपस्थित रहेकाे थियाे।

कार्यक्रम संस्थाका अध्यक्ष गोपाल प्रसाद पाण्डेको अध्यक्षतामा र कोषाध्यक्ष तेज प्रसाद गैरेको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै