२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

देउवाले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

spot_img

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

शनिबारमा भएको भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा देउवाले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।

नेपाल र भारतबीच चार वटा सम्झौतामा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमणका क्रममा आज चार वटा सम्झौतामा हस्ताक्षर भएको हाे।

उक्त चार वटा सम्झौतामा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदान छन्।

यस्तै, भारतको जयनगर र नेपालको कुर्था जोड्ने रेलवे लाइनको उद्घाटन भएको छ।

नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट बटन थिचेर रेलवेको भर्चुअल उद्घाटन गरेका हुन्।

दुबै प्रधानमन्त्रीले अन्तरदेशीय रेलवेका लागि हरियो झन्डा पनि फहराएका थिए। दुई प्रधानमन्त्रीले झन्डा फहराएपछि जयनगरबाट रेल चलेको थियो।

उक्त रेलमार्ग भारतीय अनुदानमा बनेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (100%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै