२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

सीमा समस्या बारे देउवा र मोदि बिच छलफल

spot_img

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष सीमा समस्याको विषय उठान गरेका छन्। शनिबार भएको दुई प्रधानमन्त्रीको भेटमा सो समस्याको विषयमा छलफल भएको प्रधानमन्त्री देउवाले जानकारी दिए।

हामीले सीमा समस्याको विषयमा छलफल गर्‍यौँ। मैले मोदीजीलाई स्थापित दुई पक्षीय संयन्त्रबाट सीमा समस्या समाधान गर्न आग्रह गरेँ’, दुई प्रधानमन्त्रको संयुक्त प्रेस सम्मेलनमा प्रधानमन्त्री देउवाले भने।

भारतीय पक्षले नेपालका विभिन्न स्थानमा सीमा मिच्दै आएको छ। लिम्पियाधुरा, लिपुलेक तथा कालापानी जस्ता नेपाली भू-भाग पनि भारतकै नियन्त्रणमा छ। उसले ती क्षेत्रलाई पनि आफ्नोतिर पार्दै सन् २०१९ को अन्तिमतिर नक्सा जारी गरेपछि नेपालले संवादको लागि पहल गरेको थियो।

नेपालले कूटनीतिक नोट पनि पठाएको थियो। तर, भारतले बेवास्ता गर्दै आएको छ। गत वर्ष ती क्षेत्रसमेत राखेर नेपालले संविधान संशोधन गर्दै नक्सा समेत अद्यावधिक गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै