८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

अर्घाखाँचीको असुरकोटमा राष्ट्रिय जनमोर्चाको अगुवा कार्यकर्ता भेला सम्पन्न

spot_img

टेकराज भुसाल
सन्धिखर्क । राष्ट्रिय जनमाेर्चा भुमिकास्थान नगरपालिका वार्ड नम्बर ५ काे असुरकाेटमा अगुवा कार्यकर्ता भेला शनिबार सम्पन्न भएको छ।

राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य झविलाल थापाले उद्घाटन गरेका भेलामा राष्ट्रिय जनमाेर्चा अर्घाखाँचीका सचिव बाबुराम पन्थी, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य ठाकुर पन्थी, भुमिकास्थान ५ का वडा अध्यक्ष तुल्सिराम बेल्वासे, कार्यपालिका सदस्य लक्ष्मी बिक लगायतले भेला सफलताको शुभकामना दिए।

भेलाले युवक, किसान र जनजाति सम्मेलनको वडा समिति गठन गरेको छ: जस अन्तर्गत माधव बन्जाडे अध्यक्ष, डिल बहादुर बिक उपाध्यक्ष, सुमित्रा पराजुली (बेल्वासे) सचिव र शारदा बन्जाडे (भण्डारी) काेषाध्यक्ष रहेको १३ सदस्यीय अखिल नेपाल युवक संघ भुमिकास्थान ५ गठन गरेको छ।

त्यस्तै भेलाले श्यामलाल बेल्वासे अध्यक्ष, धन बहादुर थापा उपाध्यक्ष, भुवन श्रेष्ठ सचिव, हुमा बेल्वासे काेषाध्यक्ष रहेको १३ सदस्यीय अखिल नेपाल किसान महासंघ र लाल बहादुर पुलामि अध्यक्ष, तिलक थापा उपाध्यक्ष, लिल बहादुर सारु मगर सचिव, मतिकला राना काेषाध्यक्ष रहेको १३ सदस्यीय जनजाति सम्मेलनको गठन गरेको छ।

भेला राष्ट्रिय जनमाेर्चा भुमिकास्थान ५ का अध्यक्ष हिमलाल बन्जाडेकाे अध्यक्षता, शिव बन्जाडेकाे स्वागत र राजु सुनारको संचालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै