२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

प्रधानमन्त्री देउवा भारत भ्रमण सकेर स्वदेश

spot_img

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका छन्। प्रधानमन्त्री देउवा नयाँदिल्लीबाट नेपाल वायुसेवा निगमको नियमित उडानबाट केहीबेरअघि काठमाडौं आइपुगेका हुन्।

गत असारमा प्रधानमन्त्री बनेपछि देउवा शुक्रबार पहिलो पटक छिमेकी भारतको भ्रमणमा गएका थिए।

शनिबार प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुई पक्षीय वार्ता भएको थियो। वार्ताका क्रममा प्रधानमन्त्री देउवाले नेपाल-भारतबीच रहेको सीमा विवादको स्थापित संयन्त्रबाट हल गर्न आग्रह गरेका थिए।

आज प्रधानमन्त्री देउवा उत्तर प्रदेशको धार्मिक सहर बनारस पुगेका थिए। बनारसमा प्रधानमन्त्री देउवाले विभिन्न मन्दिरमा पूजाआजा गर्नुका साथै नेपाल सरकारले बनाउन लागेको वृद्धाश्रमको शिलान्यास गरेका थिए।

नयाँदिल्लीस्थित नेपाली राजदूत शंकर शर्माले प्रधानमन्त्री देउवाको भ्रमण सफल भएको बताएका छन्। यो भ्रमण दुई देशको सम्बन्ध र आत्मविश्वासलाई मजबुद् बनाउन फलदायी रहेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै