२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

रुपन्देहीका सबै पालिकामा गठबन्धनले संयन्त्र बनाउने

spot_img

रुपन्देही ।  रुपन्देहीमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर अगाडी बढ्ने उद्घोषक गरेर सत्तारुढ पाँच दलले जिल्लाका १६ वटै स्थानीय तहमा संयन्त्रण निमार्ण गरी गठबन्धनलाई मजबुद बनाउने निर्णय गरेका छन् ।

सबै दलको सह–अस्थित्व स्विकार गर्दै सम्मान जनक रुपमा गठबन्धन गर्ने निर्णय समेत पाँच दलले गरेका छन् । नेपाली काग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको सत्तारुढ गठबन्धनका दलहरु कांग्रेस, एकीकृत नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी (जसपा), नेकपा समाजबादी र राष्ट्रिय जनमोर्चाले यस्तो निर्णय गरेका हुन् ।

सबै पालीका र वडास्तरमा राजनीतीक संयन्त्र गठन गरी एक ढिक्का भएर स्थानीय तहको निर्वाचनमा लाग्ने निर्णय भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए । सयंत्रको नेतृत्व कांग्रेसले गर्ने समेत जिल्ला स्तरमा निर्णय भएको छ । गठबन्धनले बिस्तृत अध्यन र अनुुसन्धन गरी पार्टीको यथार्त मतको आधारमा सिट बाडफाड गर्ने जनाएको छ ।

नेपाली काग्रेस रुपन्देहीका सभापति खाँणका सभापतित्वमा भएको बैठकमा कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, नेकपा समाजवादीका केन्द्रीय सदस्य डा.बालकृष्ण चापागाई, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मकसुद अली, सोनिया यादव, जनता समाजबादीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे सागर, जिल्ला अध्यक्ष रमाअवतार यादव, नेकपा माओबादीका जिल्ला अध्यक्ष निर्मल जिसी, नेकपा समाजवादीका जिल्ला अध्यक्ष राजुु गरुङ्ग, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, नेपाली कांग्रेसका उपसभापति थानेश्वर घिमीरे, सचिव हरी काफ्ले लगायतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै