२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

गृहमन्त्री खाणले अस्पताल पुगेर भेटे महन्थ ठाकुरलाई

spot_img

काठमाडौं ।  गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिएका छन्।

अध्यक्ष ठाकुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

स्वास्थ्यमा समस्या देखिएपछि भैरहवाबाट ठाकुरलाई बुधबार हेलिकप्टरमा मेडिसिटी ल्याइएको थियो।

छाती दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासलगायत समस्या देखिएपछि ठाकुरलाई सुरूमा भैरहवास्थित भीम अस्पतालमा उपचार गरिएको थियो। त्यसपछि मेडिसिटीमा पठाइएको थियो ।

गृहमन्त्री खाणले बुधबार बेलुकी ठाकुरलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ।

ठाकुरको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ।

गृहमन्त्री खाणले ठाकुरसँगको भेटमा उनको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत चासो राखेको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै