३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

गठबन्धनमा आवद्ध युवा संघहरुले संयुक्त शुभकामना आदान प्रदान कार्यक्रम गर्ने

spot_img

अर्घाखाँची । सत्ता गठबन्धनमा आवद्ध संयुक्त युवा संघहरुले नयाँ वर्षको अवसरमा अर्घाखाँचीमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

बिहीबार नेकपा एकीकृत समाजवादीको भातृसंगठन युवा संघ नेपालको आयोजनामा भएको संयुक्त बैठकले बैशाख २ गते शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको युवा संघ नेपालका जिल्ला अध्यक्ष पुष्कर पौडेलले जानकारी दिए ।

यस्तै बैठकले शुभकामना आदान प्रदान कार्यक्रम व्यवस्थापनका लागि तरुण दलका अध्यक्ष नारायण खड्काको संयोजकत्वमा व्यवस्थापन समिती गठन गरेको छ । जसमा विष्णु पुन, पुष्कर पौेडेल, ठाकुर पन्थी सुनार र महेन्द्र सुनार रहेका छन् ।

बैठकमा मन्तव्य राख्ने युवाहरुले अर्घाखाँचीमा गठबन्धन एक भएको भन्दै गठबन्धनलाई कसरी विजयी गराउने, युवाहरु कसरी चुनाव केन्द्रित हुने लगायतका समसामुहीक विषयमा छलफल भएको जानकारी प्राप्त भएको छ ।

युवा संघ नेपालका केन्द्रिय सचिव शुसील भट्टराई, वाइसेल नेपालका केन्द्रिय सदस्य ठाकुर सौराग (आदर्श), तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, वाईसेल नेपालका जिल्ला इन्चार्ज कृष्ण सारु, अखिल नेपाल युवा संघका जिल्ला अध्यक्ष कुलराज खनाल, समाजवादी युवा संघका महेन्द्र सुनार लगायत भातृसंगठनका केन्दिय सदस्य तथा जिल्ला सदस्यहरुको उपस्थिती रहेको थियोे ।

कार्यक्रम युवा संघ नेपालका जिल्ला अध्यक्ष पुष्कर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै