२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

चौवाटार सिँचाइ योजना सम्पन्न

spot_img

अर्घाखाँची । अर्घाखाँचीकै गौरबको योजनाकोरुपमा रहेको चौवाटार सिँचाइ योजनाको निर्माण कार्य सम्पन्न भएको छ। छत्रदेव गाउँपालिका-६ ठुलापोखरामा रहेको यस सिँचाइ योजना सम्पन्न भएपछि चौवा फाट र आसपासका कृषकहरु खुशी भएका छन्।

सिँचाइ आयोजनाको शुक्रबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री बिरबहादुर रानाले उद्धाटन गरेका छन्। सिँचाइ आयोजनाको उद्धाटन गर्दै मन्त्री रानाले सबै कृषकहरुलाई ब्यावसायीक कृषिमा लाग्न आग्रह गरेका छनु। उनले सरकारको लगानीमा निर्माण भएका भौतिक संरचनाहरुको स्थानीयहरुले संरक्षण गर्नुपर्नेमा जोड दिए।

यस सिँचाइ योजनाबाट २ सय २० घरधुरीका १४ सय ५० जना प्रत्यक्ष लाभान्वित भएका छन्। जरेखोला मिलमिलेबाट सेरीखोलासम्म ८ हजार २ सय मिटर लम्बाई रहेको यस सिँचाइ योजना ८ करोड ३९ लाखको लागतमा सम्पन्न भएको सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका प्रमुख इन्जिनीयर बिष्णु भण्डारीले बताए।

२०४३ साल देखिनै योजना पारेर कुलो निर्माण गर्न स्थानीयहरु अग्रसर भएपनि त्यो सपना अहिले ३६ बर्ष पछि पूरा भएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा जनतासँग आफूले गरेको चुनाबी प्रतिबद्धता अनुसार चौवाटार सिँचाइ योजनाको काम सम्पन्न भएको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै