२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

साउदी अरबले हजमा १० लाखलाई सहभागी हुन अनुमति दिने

spot_img

एजेन्सी  ।   साउदी अरबले यस वर्ष देशभित्र र बाहिरका १० लाख मुस्लिमलाई हजमा सहभागी हुन दिने भएको छ । कोरोना संक्रमणका कारण विगत दुई वर्षदेखि यो संख्या निकै कम थियो तर यसपटक यो संख्यामा ठूलो वृद्धि गरिने भएको हो ।
समाचार एजेन्सी एएफपीका अनुसार साउदी अरेबियाको हज मन्त्रालयले भनेको छ, ‘यसवर्ष स्वदेशी तथा विदेशी १० लाख मानिसलाई हज गर्न अनुमति दिइएको छ।

इस्लाम धर्ममा हजलाई धेरै महत्त्वपूर्ण मानिन्छ। यो विश्वको सबैभन्दा ठूलो धार्मिक सभाहरू मध्ये एक हो। सन् २०१९ मा २५ लाखले हज गरेका थिए । तर सन् २०२० मा कोरोना भाइरसको महामारी सुरु भएपछि साउदी अधिकारीले १ हजार जनालाई मात्रै यसमा सहभागी हुन अनुमति दिएको थियो । अर्को वर्ष चिट्ठाबाट छनोट भएका ६० हजार व्यक्तिलाई पूर्ण खोप लगाएर हज गर्न अनुमति दिइएको थियो ।

हज यात्रा यस वर्ष जुलाईमा छ। यसमा ६५ वर्ष मुनिका कोरोना खोप लगाएका व्यक्ति सहभागी हुन पाउनेछन् । साउदी अरेबिया बाहिरबाट आउनेहरूले यात्रा गरेको ७२ घण्टाभित्र कोभिड परीक्षणमा नेगेटिभ प्रमाणपत्र पेश गर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै